के जीराको सेवनले क्यान्सर र कब्जियतबाट बच्न सकिन्छ ? जानी राखौं !
। सामान्यतः किचेनमा सजिलैसित पाउने चिज हो जीरा । प्रायः खानालाई स्वादिलो बनाउन यसको प्रयोग गर्ने गरिन्छ । तर, जीराको प्रयोग त्यतिमै सिमित छैन । सबैलाई थाहा नहुनसक्छ, जीराको सेवनले क्यान्सर जस्ता ठुलो रोगबाट समेत बच्न सकिन्छ । जीराको सेवनले हुने केही फाइदाहरु यस्ता छन् :
पाचनशक्तिलाई बढाउँछ जीराले हाम्रो पाचनशक्तिलाई बढाउन मद्दत गर्छ । जीराको सेवन गर्नाले शरीरमा रहेको स्लावरी ग्लैण्डसँग मिलेर पाचनशक्तिलाई बढाउने गर्दछ । यदि तपाई पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ भने चियासँग जीराको सेवन गर्नुलाई निकै फाइदाजनक मानिन्छ । कब्जियतबाट छुट्कारा जीरामा उच्चमात्रामा फाइबर र एंजाइम पाइन्छ । जसले कब्जियतबाट छुट्कारा दिलाउँछ । कब्जियतबाट पीडितहरु नियमित रुपमा जीराको सेवन गर्नुपर्छ ।
क्यान्सरसँग लड्छ अनुसन्धानकर्ताका अनुसार जीरामा कम्पाउन्ड नामक त्तत्व पाइन्छ । जसले क्यान्सर जस्ता रोगबाट लड्ने गर्दछ । जीरामा पाइने त्तत्वले ट्युमर बन्न दिँदैन । रक्तचापलाई सन्तुलन राख्छ जीराको सेवनले रक्तचापलाई सामान्य बनाउँछ । जीरामा पोटाश्यिाम पनि पाइन्छ । यसले हाम्रो शरीरमा इलेक्ट्रोलाइटलाई सन्तुलन राख्ने गर्दछ । जसका कारण रक्तचापलाई सामान्य राख्न मद्दत पुग्छ । स्मरण शक्ति बढाउँछ नियमित रुपमा जीराको सेवनले स्मरण शक्ति बढाउँछ । जीरामा राइबोफ्लेविन, जिएक्सेन्थिन, विटामिन बी–६ जस्ता त्तत्वहरु पर्याप्तमा मात्रा पाइन्छ । जसले स्मरण शक्तिलाई बलियो बनाउन मद्दत पुग्छ ।


0 comments
Write Down Your Responses