‘ॐ’ मन्त्रको उच्चारणले शरीरमा के फाईदा हुन्छ ? जानी राखौं !


२४ जेठ । ‘ॐ’ द्वारा नै सम्पूर्ण ब्रह्माण्डको उत्पति भएको विविध ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । कतिपयले ॐ लाई मन्त्रको रुपमा पनि प्रयोग गर्ने गर्छन् । ॐ को उच्चारणलाई निकै स्वास्थ्यबद्र्धक र चम्तकारिक रुपमा शारीरिक लाभ हुने मानिएको छ । 

कसरी उच्चारण गर्ने ?
बिहान सबैरै उठेर नित्य कर्म गरिसकेपछि ॐ शब्दको उच्चारण गर्ने गर्नुपर्छ । ॐ को उच्चारण पद्यमासन, अर्धपद्यमासन, सुखासन र बज्रासनमा गर्न सकिन्छ । ५ पटकदेखि २१ पटकसम्म गर्नुपर्छ । ॐ को उच्चारण विस्तारै आवाज निकालेर वा जोडले बोलेर पनि गर्न सकिन्छ । ॐ को उच्चारणले शरीरमा के फाइदा हुन्छ ? 
 १. नियमित रुपमा ॐ शब्दको उच्चारण गर्नाले शरीर तनावरहित हुन्छ ।
 २. यदि तपाई निराश, अ–स्थिर भएको महसुस गर्दै हुनुहुन्छ भने ॐ शब्दको उच्चारण गरेर फाइदा लिन सकिन्छ ।
 ३. ॐ को उच्चारणले शरीरमा रहेको विषाक्त पदार्थहरुलाई नष्ट गर्दछ । तनावका कारण सिर्जित हुने तत्वहरुलाई नियन्त्रण गर्ने काम गर्दछ ।
 ४. यसले हृदय र रक्तसञ्चार प्रक्रियालाई सन्तुलित राख्न मद्दत पुग्छ । 
 ५. पाचनशक्तिलाई बलियो बनाउँछ । 
 ६. ॐ को उच्चारणले युवाअवस्थामा हुने जाँगर समेत ल्याउँछ । थकानबाट मुक्त हुन सकिन्छ । 
 ७. यदि तपाई निद्रा नलाग्ने समस्याबाट पीडित हुनुहुन्छ भने ॐ को उच्चारण गर्नुस् । यसले केही दिनको अन्तरालमै निद्रा नलाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

0 comments

Write Down Your Responses