यसकारण संसारमै चल्न थाल्यो शाकाहारीको लहर:


एजेन्सी । विशवमा नै मांसाहारीको संख्या शाकाहारीको तुलनामा अत्यधिक भएपनि अहिले त्यो संख्या बिस्तारै घट्दै जान थालेको छ । सेलेब्रिटी होस् वा सामान्य मानिस अहिले जो कोही पनि शाकाहारी बन्नका लागी कसरत गरिरहेको देखिन्छ । 

थाहा पाउनुहोस् तपाईले पनि शाकाहारी भोजन सेवन गरेर पृथ्वीलाई केही मद्धत पो गर्न सक्नुहुन्छ कि ?

शाकाहारीको संख्या दिनानुदिन बढ्दै यर्क यूनिवर्सिटीको शोध अनुसार विश्वमा शाकाहारी मानिसहरुको विचार र उनीहरुको काममा एकिवद्धता जनाउने मासिनसहरुको संख्या दिनानुदिन बढीरहेको छ । ग्वेनेथ पाल्ट्रो जस्ता युवाले मिलेर शाकाहारीको ट्रेन्ड नै चलाएपछि शाकाहारी बन्ने कदम तिर मानिसहरु लाम लागेर गइरहेका छन् ।

शाकाहारी बन्नुहोस् पृथ्वीलाई बचाउनुहोस्:
यस शोधले बताए अनुसार ५ मेदेखि २ जनाले अब उपरान्त मासुको सेवन कम गर्ने निर्णय गरेका छन् । मानिसहरुले शाकाहारीको विषयमा जागरुकता बढ्दै गइरहेको र मासुको सेवनबाट पृथ्वीलाई परेको असरका विषयमा उनीहरु जानकार भएको समेत अध्यनमा उल्लेख गरिएको छ । एक नयाँ अध्ययनका अनुसार यदि पृथ्वीमा सबै मानिसहरु शाकाहारी भएको खण्डमा पृथ्वीको ६३ प्रतिशत कार्वन उत्सर्जनमा कमी आउँछ । जसका कारण पृथ्वीलाई सजिलै बचाउन सकिन्छ ।

शाकाहारी भर्सेस क्यान्सर:
वर्ल्ड क्इान्सर रिसर्च फन्डको रिपोर्टका अनुसार शाकाहारी भोजनका कारण क्यान्सर जस्तो प्राणघातक बिरामीलाई यसको सेवनबाट बचाउन सकिन्छ । विशेषज्ञहरका अनुसार प्रत्येक दिन खानामा मासु खाने मानिसलाई प्रोस्टेट क्यान्सर हुने संभावना १८ प्रतिशतले बढेर जान्छ ।

0 comments

Write Down Your Responses