ऊखुको रस पिउनुका ८ चमत्कारिक फाइदा:


एजेन्सी, ६ असार । गर्मीमा ऊखुको ताजा चिसो रस पिउनुको मज्जा नै बेग्लै हुन्छ । फलफुल पसलमा पनि सजिलैसित पाइने पेय पदार्थ हो, ऊखुको रस । यसले गर्मीबाट बचाउने काम मात्र गर्दैन, विभिन्न प्रकारका रोगहरुबाट पनि छुट्कारा दिलाउँछ । ऊखुको रसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेशियम र फास्फोरस जस्ता पोषकतत्व पाइन्छ । यति मात्र होइन, ऊखुको रस मधुमेह रोगिका लागि पनि निकै लाभदायक मानिन्छ । ऊखुको रस सेवन गर्नाले के कस्ता रोगबाट बच्न सकिन्छ त ?

जानी राखों ती रोगहरुबारे :
क्यान्सरबाट बचाउँछ;
ऊखुको रसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेशियम पर्याप्त मात्रामा पाइन्छ । यसले क्यान्सरबाट लड्न मद्दत गर्दछ । प्रोस्टेट र स्तन क्यान्सरबाट पीडितहरुका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

छिट्टै उर्जा दिन्छ:
ऊखुको रसले शरीरमा सुगर र ग्लुकोजको मात्रा बढाउनुका साथै पानीको कमि हुन दिँदैन । यसको रस सेवन गरेपछि तुरन्तै उर्जावानको अनुभुति हुन्छ । 

पाचन प्रणालीलाई बलियो बनाउँछ;
ऊखुको रसमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ । जसले पाचनप्रणालीलाई ठिक तरीकाले सञ्चालन गर्दछ । यति मात्र होइन, पेटमा संक्रमणहुनबाट पनि बचाउँछ । यसले कब्जियतको समस्याबाट पनि राहत दिन्छ । वजनलाई घटाउँछ ऊखुको रसमा प्राकृतिक सुगर पाइन्छ । यसले शरीरमा भएका खराब कोलेस्ट्रोल कम गरेर वजन घटाउन मद्दत पुग्छ । ऊखुको रसमा घुलनशील फाइबर पाइने भएकाले वजनलाई सन्तुलित राख्ने गर्दछ ।

किडनीका लागि फाइदाजनक:
ऊखुको रसमा प्रोटीन पर्याप्त मात्रा हुन्छ । यसमा कागतीको रस र नरिवलको पानी मिलाएर पिउनाले किडनीमा संक्रमण, युरीन इन्फेक्शन, एसीडिटी र पत्थरी जस्ता समस्याबाट बचाउँन मद्दत गर्दछ । दाँतको समस्याबाट छुटकारा ऊखुको रसमा मिनिरल्स पाइन्छ । यसले मुख सम्बन्धी समस्या जस्तो कि, दाँतमा किरा लाग्नु, स्वाँस दुर्गन्धितहुनबाट समेत बचाउँछ । 

ज्वरोबाट बचाउँछ;  
प्रोटीनको कमिले ज्वरो लाग्ने गर्दछ । त्यसैले ऊखुको रस विभिन्न प्रकारले प्रोटीनयुक्त 
मानिएकाले यो निकै फाइदाजनक छ ।

 लिवरलाई स्वस्थ राख्छ:
 एक अध्ययन अनुसार ऊखुको रसले लिवर नष्ट हुनबाट बचाउन सहायक मानिन्छ । नियमित रुपमा एक गिलास ऊखुको रस पिउनाले पीलिया रोगबाट समेत बच्न सकिन्छ ।

0 comments

Write Down Your Responses