अनारले लाग्नै दिन्नँ यी १० रोग, जान्नुस् महत्वपूर्ण कुरा


काठमाडौं । मानिसको जीवनको सबैभन्दा ठूलो सत्रु भनेको रोग हो । अथवा विरामी हुनु हो । पछिल्लो समय स्वस्थ रहन मानिसहरुले थुप्रै प्रयास र सावधानी अपनाएका छन् । र यसका लागि अध्ययनहरु पनि हुने गरेका छन् । यसैक्रममा भर्खरै गरिएको एक अध्ययनले अनारलाई स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण भनेको छ । यसको सेवनले शरीरमा रोगै लाग्न नदिने भनिएको छ । कुन कुन रोगबाट बचाउँछ ? 

– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।

 – अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

 – अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

 – अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।

 – अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।

 – अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।

 – बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ । 

– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ । 

– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।

 – बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।

0 comments

Write Down Your Responses