तीन वर्षदेखि लिभिङ टुगेदर, मध्यरातमा कुरा नमिलेपछि वाथरुममै प्रेमिकाको हत्या
भक्तपुर, ९ जेठ । भक्तपुरको सूर्यबिनायकमा कोठा भाडामा बस्दै आएकी एक युवतीको रहस्यमय मृत्यु सुल्झिएको छ ।
काभ्रे जिल्ला महादेवस्थान वडा नं. ८ निवासी २८ बर्षीय श्याम श्रेष्ठले कान्छी श्रीमती १८ बर्षीया अन्जना थापाको हत्या गरेको खुलेको महानगरीय प्रहरी बृत जगातीले जनाएको छ ।
१७ दिन अघि हत्या गरि फरार रहेका श्रेष्ठलाई दाङबाट प्रहरीले नियन्त्रणमा लिएपछि अन्जनाको हत्या प्रकरणको रहस्य खुलेको हो ।
श्रेष्ठले कान्छी श्रीमतीको हत्या गरेको स्वीकार गरेको वृत्तका प्रमुख मित्रबन्धु शर्माले बताउनुभयो ।
सूर्यबिनायक चोकस्थित गणेश दुवालको घरमा कोठा भाडामा बस्दै आएकी मृतक थापाको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले हत्यामा संलग्न शंकास्पद ब्यक्तिको खोजी जारी राखेको थियो ।
अनुसन्धान जारी राखेको प्रहरीले शंकास्पद ब्यक्ति उनकै पति फरार रहेपछि उनको खोजी कार्यलाई तिब्रता दिएको थियो । केही समयको कसरतपछि उनलाई दाङबाट नियन्त्रणमा लिएको वृत्तका प्रमुख शर्माले बताउनुभयो ।
नुवाकोट रातमाटे– १ घर भई हाल भाडामा बस्दै आएकी थापाको शव कोठाबाहिर ताल्चा लगाएको र भित्र ब्ल्याङकेट ओढेको अवस्थामा भेटिएको थियो । खाटमा सुतेको र नाकबाट रगत आएको अबस्थामा उनको शव भेटिएका थियो ।
यसरी भयो घटनाः
काभ्रे महादेव गाविस वडा नं. ८ मण्डनपौवा घर भएका श्याम पेशाले इँटा भट्टाको ट्रक चलाउने काम गर्थे । त्यसैले त तीनवर्षअघि उनी रातमाटे पुगेका थिए । घरमा श्रीमती र छोरो हुदाँ हुदैँ पनि त्यतिबेला १५ वर्षे थापालाई साथी बनाउन अग्रसरता देखाए उनले । फोन नम्बर आदन प्रदान भयो । श्यामसंगको मित्रताको साइनो गासेकी अन्जना र श्याबीच प्रेम भयो । स्कुले जीवन सकिए पछि अन्जना श्यामकै आग्रहमा उच्च शिक्षा पढ्न काठमाडौ आइन् ।
कोटेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएर भक्तपुरको कौशलटारमा कोठा लिएर बस्न थालिन् । पछि कौशलटारबाट उनी सुर्यविनायक तिर कोठा सरिन् ।
सामाजिक परम्परा अनुसार श्रीमान श्रीमती नभए पनि उनीहरु सम्बन्धमा रहेका थिए । त्यसबीच श्याम र अन्जनाबीच सबै भयो जुन् सम्बन्ध श्रीमान श्रीमतीबिच हुन्छ ।
यो साल कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पढाई सक्ने धोको भने अन्जनाको गत बैशाख २१ राती उहि प्रेमीले श्यामले निर्मम तरीकाले कुटेर हत्या गरेपछि अधुरो रह्यो ।
राम्रोसंग चलेको सम्बन्ध एकाएक अन्जना नुवाकोट गएपछि भने बिग्रियो । यति सम्म भयोकी उनले श्यामको फोन उठाउन् छोडिन् । त्यसपछि दुबैबीच झगडा भयो र श्यामको कुटाईबाट अञ्जनाको मृत्यु भयो ।


0 comments
Write Down Your Responses