के नरिवल तेलको फाईदाबारे थाहा छ ? जानी राखौं !
प्राचिनकालदेखि नै हाम्रो घरमा नरिवल तेललाई विभिन्न कार्यमा प्रयोग गर्दै आएको पाइन्छ । हुनतः बजारमा यतिबेला विभिन्न वासनायुक्त तेलहरु उपलब्ध छन् । तर ती तेलहरु गुणस्तरहिन पनि हुनसक्छ । त्यसैले सावधानीपूर्वक तेलको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । नरिवल तेल विशुद्ध प्राकृतिक तेलको रुपमा चिनिन्छ । यसको प्रयोग हाम्रो त्वचाका लागि निकै फाइदाजनक मानिन्छ भने नरिवल तेलको सेवनले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ । जानी राखौं, नरिवल तेलका केही फाइदाहरु यसप्रकार छन् : शेविंग क्रिम दाढी खौर्न नरिवल तेलको प्रयोग गर्न सकिन्छ । यसले तपाईको पैसा पनि बच्छ । त्वचालाई पानीले भिजाएर नरिवल तेल लगाएर रेजरले दाढी खौर्न सकिन्छ । यसले शेविंग पनि राम्रो तरिकाले हुने र त्वचा पनि सुक्खा हुनबाट बचाउँछ ।
यसले पसिना गनाउने समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ । सनस्क्रीन नरिवल तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले त्वचालाई नरम बनाउँछ । नियमित रुपमा नरिवल तेल त्वचामा लगाउनाले सुर्यको रोशनीले कुनै प्रभाव पार्न सक्दैन । यसैकारण नरिवल तेललाई त्वचाका लागि राम्रो लोशन पनि मानिन्छ । डायबिटीज नरिवल तेल डायबिटीजबाट पीडितहरुका लागि निकै फाइदाजनक मानिन्छ । नरिवल तेलले अग्राशयमा एंजाइमको उत्पादनलाई कम गर्ने गर्दछ । यसले खाना खानेबेलामा अत्याधिक मात्रामा इन्सुलिन तयार हुन्छ । यही कारणले डायबिटीज रोगिका लागि नरिवल तेल हितकर मानिन्छ ।
भोकलाई नियन्त्रण नरिवल तेलको सेवनले पटक पटक भोक लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । यस तेलमा कार्बोहाइडे«ट र क्यालोरी अत्याधिक मात्रामा हुन्छ । जसले भोकलाई नियन्त्रण गर्न मद्दत पुग्छ । तौल घटाउन एम.सी.टी युक्त खाना खानाले शरीरमा उर्जा बढ्छ । नरिवल तेलले पाचनप्रक्रियालाई पनि राम्रो बनाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ । कालो दागबाट छुट्कारा कतिपयको अनुहारमा डन्डिफोरका कारण कालो दागहरु देखिन्छन् । त्यसो भए ती कालो दागलाई सफा गर्न राती सुत्ने बेलामा थोरै नरिवल पानी लगाउने गर्नुस् । यसरी केही दिनको प्रयोगले अनुहारबाट कालो दागलाई हटाउन सकिन्छ ।


0 comments
Write Down Your Responses