एउटा मोबाइल किन्दा अर्को सित्तैमा
५ असार, काठमाडौं । एप्पल वर्ल्ड मोबाइल प्रालिले एसएलसीको नतिजा आएको अवसर पारी एलजीको एल६० मोडल खरिद गर्दा अर्को सोही मोबाइल उपहार दिने योजना ल्याएको छ ।
चौधरी समूहसँगको सहकार्यमा असार ५ गतेबाट लागू हुनेगरि यस्तो अफर ल्याएको एप्पल वर्ल्डले जनाएको छ । यो योजना स्टक रहुन्जेलसम्म चल्ने कम्पनीले जनाएको छ ।
यस मोडलमा थ्रिजी, वाइफाई, एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम, डुअल कोर प्रोसेसर र ३२ जिबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिनेजस्ता फिचरहरु रहेका छन् ।
नेपाली बजरामा एल६० को मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने व्यवस्था एप्पल वर्ल्ड र यसका आउटलेटबाट मिलाइएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइल, सिटिभी मोबाइल ताम्राकार पसल नं १३, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलोक्ट्रोनिक्स पसल नं एफ २८, सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको द वर्ल्ड भिजन पसल नं ५२७ बाट यो अफर लिन सकिने कम्पनीले जनाएको छ ।
यो योजना भन्दा बाहेक सिटिभी मोबाइल ग्रुपले आफ्ना सबै आउटलेटमा एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिसको सुबिधा पनि दिएको छ । त्यस्तै, आइफोन, हुवावे, एमआई, पानासोनिक, जियोनी, सामसुङ, माइक्रोसफ्ट लगायतका ब्राण्डेड मोबाइलको खरिदमा पनि स्पेशल छुटको व्यवस्था गरेको ग्लाइडरले बताए ।


0 comments
Write Down Your Responses