यसरी नियन्त्रण गर्न सकिन्छ ‘युरिक एसिड’


युरिक एसिड रगतमा पाइने एउटा महत्वपूर्ण कार्बनिक यौगिक हो । यो कार्बनिक यौगिक कार्बन, हाईड्रोजन, अक्सिजन र नाइट्रोजन तत्व मिलेर बन्दछ । यसलाई विषमचक्रिय यौगिक पनि भनिन्छ । जुन प्रोटिनबाट एमिनो अम्लको रुपमा शरीरमा प्राप्त हुन्छ । जुनसुकै कारणले प्राप्त भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएको अवस्थामा शरीरमा विभिन्न खालका समस्या उत्पन्न गराउँछ । त्यसैले हाम्रो शरीरमा युरिक एसिडको स्तर कतिसम्म सहि हुन्छ र कति बढी भएको अवस्थामा खतरनाक हुन्छ भन्ने कुरा थाहा पाउनु जरुरी हुन्छ ।

त्युसैले हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण कसरी गर्ने भनने कुरा जान्नु आवश्यक छ ।युरिक एसिडको स्तर पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर फरक हुन्छ । पुरुषको हकमा युरिक एसिडको स्तर ४ सय माइक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म भए सामान्य नै मानिन्छ । तर महिलाको हकमा भने युरिक एसिडको स्तर ३ सय ६० माइक्रोमोल प्रतिलिटर वा ६ मिलिग्राम प्रति मिलिलिटरलाई पनि सामान्य नै मानिन्छ र तर यो भन्दा बढी भए त्यसबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । 

उल्लेखित स्तर भन्दा बढी मात्रामा रगतमा युरिक एसिड पाइएमा त्यस्तो अवस्थालाई ध्यानपूर्वक अध्ययन गरेर युरिक एसिडको स्तर सामान्य राख्न के गर्नुपर्ला त्यस बारे चनाखो भएर चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्छ । यदि तपाईंलाई वंशाणुगत युरिक एसिडको समस्या छ भने यसको सन्तुलन गर्न सकिन्छ । तर शरीरमा अन्य किसिमको समस्या जस्तै मिर्गौला, पित्तथैली, उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग वा अन्य रोगको कारण छ भने तत्काल चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्छ ।

नेशनल हेल्थ अफ् जर्नलमा प्रकाशित एक अध्ययनले शरीरमा युरिक एसिडको मात्रा बढ्दै जानुका कारण फरक–फरक रहेको उल्लेख गरेको छ । 

–युरिक एसिड सामान्य भन्दा बढी शरीरको प्रोटिनबाट उत्पादन हुनु । 

 –मिर्गौलाबाट छानिएर पिसाब मार्फत् शरीरबाट निस्कनु पर्ने प्रोटिनको मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको बढेदै जानु ।

 –युरिक एसिड बन्ने भोजनको सेवन धेरै गर्नु ।

 –लामो समय भोकै बस्नु पनि युरिक एसिड निम्त्याउनु हो । खानपानको व्यवस्थापन प्रशस्त मात्रामा खानुपर्ने खानेकुरा

 – चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी ।

 – हरियो सागपात (सिमी, बोडी बाहेक) ।

 – फलफूलहरु (विशेषगरी चेरी फल लाभदायक) । 

– गाजर, काँक्रो । 

– प्रशस्त पानी पिउने । 

– भिटामिन सी पाईने खानेकुरा ।

 – संधै जैतुनको तेलमा पकाएर खाने । कम मात्रामा खानुपर्ने खानेकुरा 

 – दूध र दूधबाट बनेका परिकारहरु ।

 – सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु) ।

 – दाल तथा गेडागुडीहरु, कुरिलो, काउली, पालुङ्गो, गोलभेडा ।

 – च्याउ, अण्डा, काजु, ओखर, पेस्ता, बदाम । खानै नहुने खानेकुरा

 – रातो मासु (खसी, राँगो) । 

– भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी) । 

– माछाहरु, प्राउन, लोवस्टर । 

– जाँड, रक्सी । 

– बेकरीफुड ।

0 comments

Write Down Your Responses