केराको बोक्राबाट के के फाइदा हुन्छ ? जानीराखौं !
एजेन्सी, २ असार । सामान्यतः हामी केरा खाएर बोक्रा फाल्ने गर्छौ । तर आजैदेखि नफाल्नुहोस् । हो, ‘केराको बोक्राबाट पनि फाइदा हुन्छ’ भन्ने सुनेर तपाईहरुलाई अच्चम लाग्न सक्छ । के साँच्चिकै केराको बोक्रालाई निकै उपयोगी मानिन्छ त ? आखिर केराको बोक्रामा के नै त्यस्तो पाइन्छ र ? चीनमा हालै मात्र गरिएको एक अनुसन्धान अनुसार केराको बोक्रामा सेरोटोनिन हार्मोनलाई सामान्य बनाउने गुण छ ।
भनिन्छ कि, यो हार्मोन मानिसलाई खुशि बनाउनका लागि निकै जरुरी मानिन्छ । सबैलाई थाहा नहुनसक्छ, केराको बोक्रामा पौष्टिक तत्व पाउनुका साथै कार्बोहाइडे«ट पनि पाइन्छ । यसमा भिटामीन बी–६, बी–१२, म्याग्नेसियम, एन्टीअक्सिडेन्ट, पोटाशियम, र म्याग्निज जस्ता पोषकत्तत्वहरु समेत उल्लेख्य मात्रामा पाइन्छ ।
यस्ता छन् केराको बोक्रोबाट हुने फाइदाहरु :
दाँतलाई चम्किलो बनाउने यदि तपाई दाँतको चमकलाई गुमाइसक्नुभएको छ भने केराको बोक्राको उपयोग गर्न सकिन्छ । बोक्रा लिएर दाँत माझ्ने गर्नुहोस् । दिनमा दुईपटक । यसरी एक सातासम्म गर्नाले दाँत चम्किलो भएर आउँछ ।
कीराले टोकेमा प्रायः
बच्चाहरु खेल्ने क्रममा कीराले टोक्न सक्छ । कीराको टोकाइले त्वचा पोल्ने र रातो धब्बा देखिन थाल्छ । तर केराको बोक्रालाई कीराले टोकेको ठाउँमा विस्तारै मोलनाले दुख्ने र रातो धब्बा हटाउन सकिन्छ । सफा गर्नका लागि केराको बोक्राले त्वचालाई मात्र सफा गर्दैन, केराको बोक्राले छालाको जुता वा छालाबाट बनेका विभिन्न प्रकारका सामग्रीहरुलाई पनि सफा गर्न सकिन्छ ।
अनुहारबाट दाग हटाउन:
केराको बोक्रा त्वचामा पानीको कमिलाई पुरा गर्न मद्दत गर्दछ । अण्डामा पाइने तरल पदार्थ र केराको बोक्रालाई पिँधेर अनुहारमा लगाउनाले अनुहारमा भएको दाग समेत हटाउन सकिन्छ ।
पीडाबाट छुट्कारा:
पीडा हुने ठाउँमा केराको बोक्रालाई पिँधेर लगाउनाले निकै आराम दिन्छ । अनावश्यक किरणबाट बचाउँछ केराको बोक्रामा पाइने ल्यूटेन नामक एन्टीअक्सिडेन्टले हाम्रो आँखाको अल्ट्रा वायलेट किरणलाई रक्षा गर्दछ । थकान महसुस हुँदा पाँच मिनेटसम्म केराको बोक्रा आँखामाथी राख्नाले निकै फाइदा पुग्छ ।


0 comments
Write Down Your Responses