सानैमा बुवा गुमाएका बिमल, अहिले बहिनी गुगाउँदा…


 राष्ट्रका होनहार फुटबल खेलाडी बिमल घर्ती मगर भोलि बिहान बेल्जियमबाट बहिनी मनिषाको पाशविक हत्याको शोकमा डुबेर फर्कदै छन् । उनी माथिको पीडा कति छ शायद उनलाइ मात्र थाहा होला । अब राज्य, प्रशासन, खेलकूद निकाय, मिडिया तथा सम्पूर्ण नागरिक यस अप्रिय घटनापछि उनको भविष्यप्रति जिम्मेवार बन्नैपर्छ । उनको लिगामेन्टको घाउ भन्दा मनको घाउ झन दर्दनाक छ । सानैमा बुवा गुमाएका विमलको सपना आमाको हेरचाह र बहिनीको सुन्दर भविष्य थियो ।

 तर, यो घटनाले उनलाई मानसिक रुपमा कमजोर बनाउन सक्छ । उनीजस्ता खेलाडी पाउन नेपाल र नेपालीलाई वर्षों लाग्नसक्छ । सबै पक्षबाट उनलाई सान्त्वना मात्र हैन सहयोगको खाँचो छ । उनी यो देशकै प्रतिष्ठा हुन् । दोषीलाई उन्मुक्ति नहुने कारवाही होस् । नहुनु जे थियो भयो । पारिवारिक वियोगमा नेपाली फुटबलमा र अन्तर्राष्ट्रिय फुटबलमा उनको पाइला कमजोर नबनोस् । सम्वन्धित पक्षले यसमा बेलैमा ध्यान पुर्याओस । स्व. वहिनी मनिषा प्रति हार्दिक श्रद्धान्जली ।

0 comments

Write Down Your Responses