मनिषाको घर छिर्नुअघि उनका प्रेमी आशिषले यस्तोसम्म गरेका थिए!
आमा र दाजु विमलसँग मनिषा । नवलपरासी, १३ जेठ । आफ्नै घरमा मृत अवस्थामा फेला परेकी राष्ट्रिय टिमका फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीलाई धम्की आएको खुलासा भएको छ । मनिषालाई बुधबार राति ९ बजेतिर उनकै प्रेमी आशिष चौधरीले फोन गरेर ‘आज जे पनि हुनसक्छ’ भन्दै धम्की दिएको प्रहरी अनुसन्धानमा खुलेको हो । कक्षा ११ को परीक्षा दिएकी १७ वर्षीय मनिषा र आशिषको घरको दुरी धेरै टाढा छैन् । उनीहरु दुबैको घर राजमार्ग छेउमै पर्छ ।
उनीहरुको प्रेम सम्बन्धका बारेमा दुबै परिवारलाई थाहा थियो । घटना भएको रात मनिषाकी आमा बुटबल गएको, हजुरवुवा औषधि लिन चितवन गएको र मनिषा मात्रै घरमा एक्लै रहेको कुरा थाहा पाएपछि आशिष राति नै उनको घरमा गएर झगडा गरेको छिमेकीले बताएका छन् । झगडा गरेको भोलिपल्ट विहान मनिषा घाँटीमा निलडाम र कोठामा रगतको छिटा भएको अवस्थामा मृत फेला परिन् । प्रहरीले मनिषाको घाँटीमा पासोले कसेर मारेको हुनसक्ने अनुमान गरेको छ ।
यद्यपी प्रहरी पनि पोस्टमार्टम रिपोर्टको पर्खाईमा छ । मनिषाको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल काठमाडौंतर्फ लगिएको छ । मनिषा मेरो गर्लफ्रेण्ड थिइन् : आशिष प्रहरी हिरासतमा रहेका आशिषले विमलकी बहिनी मनिषा आफ्नो प्रेमिका भएको स्वीकार गरेका छन् । नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका आशिषले मनिषालाई आफ्नो गर्लफ्रलेण्ड हो भनेको बताए ।
उनले घटना कसरी घट्यो, मुख्य कारण के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । हत्यारा नजिक प्रहरी छिमेकीका अनुसार आशिषकी आमाले प्रहरीलाई राति आशिषलाई घरमा छाड्न तीन जना केटा आएको बताइसकेकी छिन् । यी सबै घटनाक्रम हेर्दा प्रहरी हत्यारा नजिक पुगिसकेको छ । घटनामा आशिषकै प्रत्यक्ष संलग्नता देखिन्छ । तर, प्रहरी पोस्टमार्टम रिपोर्टको पखाईमा छ । जून अहिलेसम्म हुन सकेको छैन् ।


0 comments
Write Down Your Responses