गर्मीले शरीरमा पुर्याउन सक्ने असर प्रति चिकित्सकको यस्तो सुझाव
गर्मी त्यसमाथि पनि यसपटक सबैलाई थाप्लोमा नै घाम लागेको झै महसुस भएको छ । गर्मी याममा हुने शारीरिक उत्तारचढावले मानिसको स्वास्थ्यमा पनि त्यस्तै तातै परिवर्तन ल्याउने गरेको छ , अर्थात न पसिना र नत अन्य केही शरीरमा केही पनि टिक्दैनन र अडिदैन पनि । त्यसैले गर्मी महिना खानपान र रहनसहनमा विशेष ध्यान दिन चिकित्सकहरु पनि सुझाव दिदै आएका छन् ।
गर्मी मौसममा खानेकुरामा ध्यान नदिंदा धेरै स्वास्थ्य समस्या निम्तिने गरेको छ ।
अहिले गर्मीको कारण मुलुकको बिभिन्न भागमा झाडापखालाको प्रकोप फैलिसकेको छ । उच्च गर्मीले स्वास्थ्य समस्या पनि बढेको छ । गर्मी मौसममा सरसफाई पानी र खाने कुरामा ध्यान नदिंदा बिरामीको संख्यामा वृद्धि भएको चिकित्सकहरुले बताएका छन् । गर्र्मीका कारण तराईका बिभिन्न जिल्ला लगायत बीरगंज र रौतहट नवलपरासीका जिल्लामा समेत स्वास्थ्य समस्या बढेको र जीवन कष्टकर गर्मीमा फोहोर सडेगलेको र वासी खाने कुरा, बाहिर खुल्ला ठाउँमा राखेको खानेकुरा खाँदा पेट सम्बन्धि स्वास्थ्य समस्या लिएर आउनेको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।
त्यसैले यो मौसममा ठीक मात्रामा खाना पकाउनु र पकाएको खानेकुरा तत्कालै खानु स्वास्थ्यका लागि फाइदाकारी हुने चिकित्सकहरुको सुझाव छ । पानीको प्रयोगमा पनि ध्यान पुर्यााउनुपर्छ।
शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ । प्रदूषित पानीको माध्यमबाट झाडापखाला तथा अन्य रोगका जीवाणुहरू हाम्रो शरीरमा सहजै प्रवेश गर्ने हुनाले टाइफाइड, हेपाटाइटिस (जन्डिस), मनसुन डिजिज आदि विभिन्न किसिमका जुका पर्ने, अपच तथा पेटको गडबडी हुने समस्याले पनि दुःख दिन सक्ने समभावना प्रवल हुन्छ ।
यस्तो मौसममा निर्मलीकरण गरिएको पानी मात्र सेवन गनुृ उचित हुन्छ ।
खर्बुजा काँक्रो मेवा जस्ता फलफुल गर्मीमा सेवन गर्दा फाइदाजनक भएपनि सडक छेउमा राखेको र धुलो परेको र फोहोर पानीले धोएको खाँदा त्यसले स्वास्थ्यमा झनै नकारात्मक असर पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।
गर्मीको मौसममा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम्जोर हुन्छ त्यसैले पनि अझ बढी खानपान र पिउने पानि मा बिशेष ध्यान दिन जरुरी छ । सजग र सचेत नभए गर्मीले मानिसको स्वास्थ्यमा त असर पार्छ नै भएको खल्ती पनि रित्याउने हुँदा स्वस्थ्यकर खानामा नै जोड दिनु बुद्धिमानी हुन्छ ।बनेको स्थानीयवासीको अनुभव छ ।

0 comments
Write Down Your Responses