जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा


         जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज, केवल सेलिब्रेटीले मात्र पाउँछन् सेवा अनलाइनखबर 0 प्रतिक्रिया 180 शेयर biting-massage-therepyदुनियामा किसिम किसिमका मसाज उपलब्ध छन् । कतै जिउमा सर्पले मसाज गरिदिने त कतै शंखेकिरा र चिप्ले किराले । अनि कतै हात्तिले कुल्चिन लगाएर मसाज गराउने । तर पिठ्युँमा दाँतले टोकेर मसाज गरेको कुरा भने सायद तपाइँले सुन्नुभएको थिएन होला । सुन्दैमा सबैभन्दा युनिक तथा अनौठो लाग्ने यो मसाजको नयाँ काइदा पनि आइसकेको रेछ । 

         तर यो मसाज सबै झारेझुरेलाई भने उपलब्ध रहेनछ । केवल ए क्लास सेलिब्रेटीलाई मात्र रहेछ अमेरिकामा । अमेरिकाको न्युजर्सीमा बस्ने डाक्टर डर्फ भन्ने डोरोथी स्टीन आफ्नो अनौठो मसाज थेरापीका लागि आजकल चर्चामा छिन् । आफ्नी आमालाई मसाज गर्दागर्दै उनले यो नयाँ मसाज विधिको आविष्कार गरेकी रहेछिन् । डोरोथी आफ्ना दाँतले ग्राहकका पिठ्युँमा टोकेर मसाज गरिदिन्छिन् । जसबाट मसाज गराउनेलाई निकै आनन्द मिल्ने दाबी उनकेा छ ।

        कतिपय रकस्टार ग्राहकहरु पिठ्यु मात्र नभएर अगाडिको भागमा पनि दाँते मसाज गर्न लालायित हुने गरेका बताउँछिन् । उनका अनुसार सुरु सुरुमा उनी आफैले आफ्नो मनपर्ने रकस्टारसँग भेट्नका लागि यस्तो दाँते मसाजको अफर गर्दथिन् । विस्तारै यो मसाज सेलिब्रेटीहरुबीचमा निकै लोकप्रिय बन्न पुग्यो । उनको दाँते मसाज महंगो छ । एकपटक मसाज गरेको १६ हजार रुपैयाँ बराबरको रकम शुल्क तिर्नुपर्छ । उनले साधारण मानिसलाई सेवा दिँदिनन् केवल सेलिब्रेटीको मात्र जिउ टोकिदिन्छिन् ।

0 comments

Write Down Your Responses