आलुको फेसप्याक लगाउनुहोस, अनुहार चम्काउन बनाउनुस् !


    आलुको रसले डार्क सर्कल कम गर्न र आँखाको आसपास सुन्निने समस्यालाई कम गर्छ । यो त सबैलाई थाहा भएकै कुरा हो । तर छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि यसको प्रयोग गरिन्छ । आलु भिटामिन सी, आइरन र राइबोफ्लेविनको धनी स्रोत मानिन्छ । काचो आलुको रस एन्टी–एजिङ लाभ प्रदान गर्छ । यसको नियमित प्रयोगले डण्डीफोर कम गर्न पनि सहयोग गर्छ ।

       यसका साथै डण्डीफोरको दाग हटाउन पनि सहयोग गर्छ । यसका अलावा यसको अन्य महत्वपूर्ण सौन्दर्यलाभ पनि हुन्छ । आलुको रस प्राकृतिक ब्लिचिङ एजेन्ट हो, छालाबाट सनबर्न टोन हटार निखार ल्याउँछ । आलुको टिस्यु फेसप्याक आलुको रसले टिस्यु पेपर भिजाउनुस् र अनुहारमा लगाउनुस् । करिब २० मिनेटपछि धुनुपर्छ । तर यो टिस्यु पेपरलाई आँखा या नाकको आसपास लगाउनबाट बच्नुपर्छ । यो उपायलाई सातामा दुई या तीनपटक अपनाउनुपर्छ । चाँडै नै छालामा निखार आउनेछ । 

     आलु र अण्डाको फेसप्याक आधा आलुको रसमा एक अण्डाको सेतो भाग मिसाउनुस् र अनुहार र गर्धनमा लगाउनुस् । २० मिनेटपछि धुनाले चमक दिन्छ । आलु र बेसारको फेसप्याक आलु र बेसारको फेसप्याक नियमित उपयोग गर्नाले छालाको टोन र रंग हल्का हुन्छ । आधालाई स–साना टुक्रा बनाएर एक चिम्टी बेसार मिसाउनुस् र यसलाई अनुहार र गर्धनमा लगाउनुस् । आधा घण्टापछि यसलाई सफा गर्नुपर्छ । आलु र मुल्तानी माटोको फेसप्याक यो फेस प्याकले छालामा निखार ल्याउनुका साथै रंगलाई पनि चम्किलो बनाउँछ । साथै, डण्डीफोर भएको छाला सुन्निने कम गर्न सहयोगी हुन्छ ।

      यो फेस प्याक बनाउन नतासेको आधा आलुको पेस्ट बनाउनुस् । यसमा ३–४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल मिसाउनुस् । यो पेस्टलाई अनुहार र गर्धनमा लगाउनुस् र ३० मिनेटमा धुनुस् । आलु र दूधको फेसप्याक आधा आलु तासेर त्यसबाट रस निकाल्नुस् र यसमा दुई चम्चा काचो दुध मिसाउनुस् । यसलाई राम्रोसंग मिसाएर अनुहार र गर्धनमा प्युरीको मद्धतले लगाउनुस् । त्यसलाई २० मिनेटपछि धुनुस् । एक सातामा तीनपटक प्रयोग गर्नाले अनुहारमा निखारता आउछ ।

0 comments

Write Down Your Responses