एक मिनेट भित्रमा के के हुन्छ, इन्टरनेटको संसारमा ?


सूचना प्रविधिको यो युगमा अरबौँ मानिसहरु इन्टरनेटको पहुँचमा छन् । त्यसैले यहाँ पलभरमा इन्टरनेटमा धेरै गतिविधि हुन्छन् । इन्टरनेटको संसारमा एक मिनेट अर्थात् ६० सेकेण्डको समयमा हुने गतिविधिहरु साँच्चीकै आश्चर्यजनक छन्, जुन हामीले सोँच्नै गाह्रो हुन्छ । फेसबुक, टि्वटर, अमेजन, युट्युब, टिन्डर, स्न्यापच्याट जस्ता अनलाइन प्लेटर्फमहरुमा एक मिनेटको समयमा के के गतिविधि हुन्छ त ?

 जानिराखौँ अनौठा तथ्यहरुः 

 फेसबुकमा ६० सेकेण्डमा ७ लाख १ हजार ३८९ जना प्रयोगकर्ताले लगइन गर्दछन् । 

 फेसबुकको स्वामित्वमा रहेको इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपमा एक मिनेटको अवधिमा २ करोड ८ लाख वटा मेसेज आदानप्रदान हुन्छन् । 

 विश्वको सबैभन्दा वृहत सर्च इन्जिन गुगलमा एक मिनेटमा २४ लाख वटा कुराको खोजी गरिएको हुन्छ । 

भिडियो शेयरिंग साइट यु ट्युबमा एक मिनेटमा २७ लाख ८० हजार वटा भिडियो हेरिन्छन् । 

 एक मिनेटको अवधिमा १५ करोड वटा इमेल आदानप्रदान हुन्छन् । 

 ट्याक्सी बुकिंग साइट उबरमा एक मिनेटमा १३ सय ८९ जनाले गाडी बुकिंग गर्दछन् । 

 एक मिनेटभित्रमा स्न्यापच्याटमा ५ लाख २७ हजार वटा फोटो सेयर गरिन्छ । 

 एप्पलको एप स्टोरबाट हरेक मिनेटमा ५१ हजार वटा एप डाउनलोड गरिन्छन् ।

 इमकमर्स साइटमा एक मिनेटमा २ लाख ३ हजार डलरको कारोबार हुन्छ । 

 लिंक्डइनमा एक मिनेटमा १२० भन्दा बढि नयाँ अकाउन्ट खुल्दछन् । 

 माइक्रोब्लगिंग साइट टि्वटरमा एक मिनेटमा ३ लाख ४७ हजार २२२ वटा टि्वट्स हुन्छन् । 

 इन्स्टाग्राममा हरेक मिनेटमा ३४ हजार १९४ वटा फोटो पोष्ट हुन्छन् । 

 संगीत स्ट्रिमिंग साइट स्पटीफाइमा हरेक एक मिनेटमा ३८ हजार घण्टा भन्दा बढिको संगीत सुनिएको हुन्छ ।

0 comments

Write Down Your Responses