जिउको मोटाइ बताइदिने थ्री डी ऐना


         अमेरिकी टेक्नोलोजी कम्पनी नेकेड ल्याबले एक दाजुमयी ऐना निर्माण गरेको छ जसले तपाइँको पूरै सरीरलाई थ्री डी स्वरुपमा प्रदर्शन गरिदिनेछ । यो दुनियाको पहिलो थ्री डी ट्रयाक हो जसले तपाइँको वजन तथा सरीरको तस्वीर लिनेछ । यसले जिउको पूरै स्क्यान गर्दछ । यो ऐना इन्टेल प्रोसेसर युक्त एक अत्याधुनिक मेसिन हो जसको उपयोग जिउको वजन घटाउन इच्छुक मानिसहरुका लागि निकै लाभदायी हुनेछ । यो ऐनाले सरीरको स्क्यानिंग गरेर जिउमा रहेको बोसोको मापन गर्नेछ र बताउनेछ की जिमखानामा पसिना बगाउनु तपाइँको लागि कत्तिको आवश्यक तथा फाइदाजनक छ ।

             जिउ तन्दुरुस्त बनाउनका लागि सधै जिमखाना धाइरहने तथा कठिन व्यायाम गरिरहने मानिसहरुलाई आफ्नो वास्तविक शारीरिक अवस्थाको बारेमा जानकारी गराएर जिउलाई स्वस्थ राख्न सहयोग गर्नु नै यो ऐनाको उद्धेश्य रहेको कम्पनीको दाबी छ । नेकेड ल्याब्सका मुख्य कार्यकारी फरहाद फराहबक्सियनका अनुसार धेरै मानिसहरु महिनौँसम्म जिमखाना धाउँदा पनि जिउको वजन नघटेकोमा निकै हतोत्साही हुन्छन् । त्यसपछि उनीहरुले हार मानेर जिमखाना जान छाड्दछन् र खानपानको संयम पनि त्याग्दछन् । तर त्यसरी जिमखाना धाउँदा आफ्नो जिउमा भैरहेको गुणात्मक परिवर्तनको बारेमा चाहीँ उनीहरुलाई थाहा हुँदैन । तर अब यो ऐनाले व्यक्तिको जिउमा आएको पूरै परिवर्तनको बारेमा जानकारी गराउनेछ अनि कति व्यायाम आवश्यक छ भन्ने थाहा दिनेछ ।

0 comments

Write Down Your Responses