रेखाले तोकिन विवाहको मिति ! यस्ता हुनेछन् दोस्रो श्रीमान
काठमाडौं, चैत्र २९ । नेपाली सिने क्षेत्रकी चर्चित नायिका रेखा थापाले विहेको मिति घोषणा गरेकी छिन् ।
सोमबार पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नायिका थापाले नयाँ वर्ष २०७३ सालभित्र आफूले विहे गर्ने कुराको खुलासा गरेकी हुन् ।
विहे कहिले गर्नुहन्छ, २०७३ सालमा हुन्छ कि हुँदैन भन्ने प्रश्नमा रेखाले भनिन्- ‘मेरो विवाह हुनसक्छ, भगवानले चाहनुभएको छ भने मेरो विवाह कसैले रोक्न सक्दैन, विवाह गर्नुपर्छ भन्ने सोच ममा पलाएको छ, उपयुक्त देश, जनता र परिवारलाई माया गर्ने व्यक्ति मलाई मनपर्छ ।
उनले अहिलेपनि आफू एक्लो नभएको र घरपरिवारसँग बसिरहेको बताउँदै यो वर्ष जसरी पनि विहे हुने बताइन् ।
कस्तो केटालाई तपाई आफ्नो जीवनसाथी बनाउन चाहनुहुन्छ त ? भन्ने प्रश्नमा उनले हाँस्दै भनिन, ‘उ ह्याण्डसम हुनुपर्छ, सबै कुरामा पर्फेक्ट हुनुपर्छ, समाजप्रति उ समर्पित हुनुपर्छ, देश र जनतालाई माया गरिरहने अनि परिवारलाई बुझेको परिपक्व व्यक्ति नै मेरो च्वाईस हो ।
अनि पूर्व पति छवि ओझासँग चाँही अहिले भेटवार्ता हुँदैन त ? भन्ने जिज्ञासामा उनले भनिन् ‘तपाई अहिले छवि ओझाजीको बारेमा प्रश्नै नगर्नुहोस, उहाँको बारेमा म धेरै कुरा बोल्दिन् ।’
स्रोतका अनुसार पहिलो विहे निर्देशक छविसँग गरेकी रेखाले अब गायक राजेशपायल राईसँग विहे गर्ने चर्चा छ तर, रेखाले भने यो कुरालाई अस्वीकार गरेकी छिन् । राजेशले भने भविष्यमा जे पनि हुनसक्ने र भविष्यको कुरा केही भन्न नसकिने भनेर विहेको संकेत गरेका थिए ।
केही दिनअगाडि रेखा र राजेशको विहेको समाचार पनि बाहिर आएको थियो । अहिले फिल्म रामप्यारीको सफलताको स्वाद चाखिरहेकी रेखा नयाँ वर्षदेखि थप सामाजिक काममा लाग्ने सोचमा छिन् ।


0 comments
Write Down Your Responses