बस दुर्घटनामा बाइस यात्रुको मृत्यु (फोटो सहित)

खोटाङ,  दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

 
बा२ख ६३७६ नंको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल नदेखिने ठाउँमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा सुरुमा २८ यात्रु भएकामा बीच बाटामा थपिएकाहरु समेत गरी करिब ७० जना थिए ।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाअधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो । 

इतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पु¥याएका छन् ।

0 comments

Write Down Your Responses