जिका भाइरसको संक्रमण पहिले सोचिए भन्दा खतरनाक रहेको अमेरिकी स्वास्थ्य विशेषज्ञहरुको पुष्टि
जिका भाइरसको संक्रमण निकै खतरनाक रहेको अमेरिकी स्वास्थ्य विशेषज्ञहरुले पुष्टि गरेका छन् । जिका भाइरस विरुद्ध लड्नका लागि अहिले छुट्याइए भन्दा धेरै रकम, समय र अनुसन्धान खाँचो रहेकोमा उनीहरुले जोड दिएका छन् ।जिकाको संक्रमण पहिले सोचिए भन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीहरुको भनाई छ ।
पछिल्लो पटक जन्मिएका शिशुमा जिका भाइरसका कारण हुने जन्मजात समस्याको दर बढेको अमेरिकाको रोग नियन्त्रण तथा सावधानी केन्द्रका चिकित्सकहरुले जनाएका छन् । जिका भाइरसको संक्रमण फैलाउने एडिस एजिप्टाइल जातको लामखुट्टे पनि पहिले अनुमान गरिए भन्दा धेरै राज्यमा फैलिएको उनीहरुको कथन छ । यसका कारण विशेष गरी बालकालिकाको मष्तिस्कमा असर पर्ने हुँदा टाउकोको माथिल्लो भाग सानो भएको बच्च जन्मिने गरेको छ ।
झण्डै एक वर्ष अघि ब्राजिलबाट सुरु भएको जिका भाइरसको संक्रमण दक्षिण अमेरिका तथा क्यारेबियनसहित, अमेरिका, बेलायत, दक्षिण कोरिया तथा चीनसम्म फैलिएको छ । दक्षिण अमेरिकामा जिका भाइरसका कारण हजारौं बालबालिकामा जन्मजात विभिन्न समस्या देखिएको छ ।


0 comments
Write Down Your Responses