मनतातो पानी पिउनुका फाइदा
स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ ।
गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ ।
मनतातो पानी पिउनुका फाइदा यस्ता छन्:
मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ ।
मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि हुन्छ ।
जसका कारण सरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले सरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।
मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ ।
मनतातो पानी पिउनाले जोर्नी मजबुत हुन्छन् र बाथको जोखिम पनि कम गर्दछ । पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ ।
महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ ।
छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ ।


0 comments
Write Down Your Responses