जानिराखौं अम्बा खानुका फाइदा


अम्बाको स्वाद थाहा नपाउने तपाईंमध्ये बिरलै मात्र होलान् । विभिन्न प्रजातिमा पाइने अम्बा पहाडी र तराई क्षेत्रमा प्रसस्त मात्रामा पाइने फल हो । यसको गुणका बारेमा कमैलाई मात्र जानकारी होला । के छन् त अम्बाका फाइदा ?

 –बिहान खाली पेटमा २०० ३०० ग्राम अम्बा नियमित रुपमा सेवन गर्नाले पाइल्स रोगका लागि एकदमै फाइदाजनक हुन्छ । यसको सेवनले पाइल्स हुन दिँदैन ।

 –ताजा अम्बाको सेवनले पुरानो खोकी तथा रुघा भगाउँछ ।

 –अपच, ग्यास आदिका लागि अम्बा एकदमै राम्रो मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।

 –अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । 

–यसको नियमित सेवनले आँखाको रोग, पिसाब फेर्ने समस्या आदिबाट मुक्त हुन सकिन्छ ।

 –भिटामिन सी अधिक हुने हुनाले उच्च रक्तचाप, हाडका रोगहरू, जोर्नी दुखाई तथा उल्टी हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

0 comments

Write Down Your Responses