जानी राखौं, किशमिशको पानी खानुका फाईदै फाईदा


काठमाण्डौं, ११ जेठ । ‘किशमिश’ अंगूरलाई सुकाएर तयार गरिन्छ । यसमा अंगूरभित्र हुने सबै गुण पाइन्छ । किशमिशमा आयरन, पोटाशियम, क्याल्सियम, म्याग्नेशियम र फाइबर समेत पाइन्छ । यति मात्र होइन, किशमिशको पानी हाम्रो स्वास्थ्यका लागि झनै फाइदाजनक मानिन्छ । यसरी तयारी गर्नुहोस् एउटा भाँडोमा किशमिशलाई पानीमा राखेर २० मिनेटसम्म उमाल्नुपर्छ । त्यसपछि उक्त पानीलाई रातभरि राखेर बिहानको समयमा सेवन गर्नाले धेरै प्रकारका लाभ लिन सकिन्छ ।

केही फाइदाहरु तलबमोजिम निम्नप्रकारले छन् :

 – नियमित रुपमा किशमिशको पानी सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा ठीक राख्न मद्दत गर्छ । – किशमिश खानाले तपाईको आयु पनि बढ्ने गर्दछ । यसका साथै त्वचामा पनि निखारपन ल्याउँछ । त्यसैले किशमिशको पानी पिउने गर्नाले सँधै तन्दुरुस्त रहन सकिन्छ । 

 – नियमित रुपमा किशमिशको पानी सेवन गर्नाले पाचनप्रक्रिया, मेटाल्जिमको स्तर कम राख्न मद्दत पुग्छ । जसले सँधै फिट रह्न सकिन्छ ।

 – यदि तपाई कब्जियत, एसिडिटी र थकान जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने किशमिशको पानी निकै फाइदाजनक हुनसक्छ । 

 – लिभरको समस्याबाट समेत छुट्कारा पाउन मद्दत पुग्छ ।

 – ज्वरो लागेका बेला किशमिशको पानी सेवन गर्नु निकै उपयोगी मानिन्छ । यसमा पाइने फिनोलिक, एन्टी बायोटिकका कारण ज्वरो छुमन्तर हुने गर्दछ ।

0 comments

Write Down Your Responses