आर्यनको दाबीः १५ दिन पख्नुहोस्, मेरो शरीरमा हड्डी मात्र बाँकी रहन्छ


निर्देशक दिनेश राउतले नै च्यालेञ्ज गरेपछि नायक आर्यन सिग्देल अहिले केही गम्भिर बनेका छन् । नयाँ चलचित्रका लागि आर्यनले ज्यान घटाउनुपर्ने भएपनि नसकेपछि निर्देशक राउतले आफै ८ केजी घटाएर देखाएका थिए । सायद, आर्यनलाई दिनेशको यो कार्यपछि मनमा लागेको हुनसक्छ । यसैले आर्यन अहिले ज्यान घटाउन लागिपरेका छन् । अनटाइटल एक प्रोजेक्टका लागि आर्यनलाई किशोर देखिनुछ । यसैका लागि उनी अहिले ज्यान घटाउने अभियानमा छन् । एक भेटमा अनलाइनखबरसँग आर्यनले भने-‘१५ दिन पख्नुहोस्, तपाइले मेरो शरीरमा हड्डी मात्र देख्नुहुनेछ ।

0 comments

Write Down Your Responses