नियमित सम्भोग गर्दा लाग्दैन यो भयानक रोग


एजेन्सी । नियमित यौन सम्पर्क (सम्भोग) गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला (किड्नी)मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो । इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना (जसमा मृगौलामा पथ्थरीको समस्या थियो) लाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो ।

दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन (एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ) प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखियो । दुई हप्तापछि पत्ता लाग्यो कि सेक्स (सम्भोग) गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए । त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाए ।

0 comments

Write Down Your Responses