जुम्लामा नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

चैत्र २९, २०७२- नेपाल एयरलाइन्सको नाईन एन एवियु कलसाईन भएको जहाज जुम्ला विमानस्थलमा आज दुर्घटनाबाट जोगिएको छ । जुम्लाबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा विमानको नोजको ल्याण्डिङ गेयरको स्टेयरिंग तार चुँडिएपछि जहाज चालकदलले इन्जीन बन्द गरेर रोकेका थिए । साढे १ बजे जहाज बिग्रिएको विमानस्थल प्रमुख पवन श्रेष्ठले बताए । ‘जहाज उड्नको लागि ५ सय ४० मिटर गुडेर गईसकेपछि समस्य आएको थियो,’ उनले भने, ‘पछि जहाजलाई विमानस्थलका जनपद, सशस्त्र प्रहरी र जहाजका कर्मचारी र यात्रुहरुहरुले धकेलेर साइड लगाएका थिए ।

 जहाजमा १६ जना यात्रु सवार थिए । विमानका क्याप्टेन जेके निरौला थिए । अहिले जहाज विमानस्थलको छेउमा राखिएको छ । मंगलबार बिहान तारा यएरको जहाजमा ड्रावोमाइक नामक सामाग्री र ईन्जीनियर आएपछि बनाएर उडाउने तयारी भइरहेको जुम्ला विमानस्थलले जानकारी दिएको छ । चालक दलको सचेतताका कारण दुर्घटना हुनबाट जोगिएको यात्रुहरुले बताएका छन् । उनीहरुले समयमै जहाज बिग्रेको जानकारी दिएर सुरक्षित बनाएकोमा धन्यावाद दिएका गरेका छन् ।

0 comments

Write Down Your Responses