खुल्यो तातोपानी नाका

भुकम्पपछि चीनको खासा गोदाममा रहेको नेपाली व्यापारीहरुको सामाग्री नेपाल पठाउन चिनियाँ पक्ष तयार भएसंगै तातोपानी नाका खुलेको चीनियाँ पक्षले आइतबारदेखि सामग्री पठाउन तयार भएपनि स्थानीयबासीले नाकामा आन्दोलन गरेपछि नेपाली व्यापारीहरु सामग्री लिन जान पाएका थिएनन् ।

नेपाल हिमाल सीमापार बाणिज्य संघको पहलमा आन्दोलनरत स्थानीयबासीसंग कुरा मिलेपछि २५ वटा कन्टेनर खासा गएको सीमापारका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिनुभयो ।
खासामा रहेको सामग्री लोड अनलोड गर्न स्थानीयलाई पठाउने, तातोपानी नाका सञ्चालनको लागि पहल गर्ने लगायतका सहमति भएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका थिए ।

एक वर्षदेखि ठप्प रहेको नाका आजदेखि नै सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । खासामा नेपाली व्यापारीहरुको अरबौको सामाग्री एक वर्षदेखि अलपत्र थियो । यो सामाग्री ल्याउदा झण्डै ९० करोड राजस्व संकलन हुनेछ |

0 comments

Write Down Your Responses