फ्री वाइफाइका लागि १० लाख सहयोग





म्याग्दी ,वैशाख । म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

        जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु भएको इन्टरनेटयुक्त म्याग्दी अभियानलाई थप प्रभावकारी बनाउन मोना आइइसीका पदाधिकारीबाट १० लाख ५० हजार रुपैयाँ सहयोग भएको हो ।

    अभियानमा मोना आइइसीका संस्थापक अध्यक्ष एवम् संरक्षक प्रकाश पुनले रु दुई लाख, अध्यक्ष योगेन्द्रबहादुर क्षत्रीले रु दुई लाख, वरिष्ठ उपाध्यक्ष विनोद कुँवरले रु एक लाख, महासचिव घनबहादुर शाहीले रु एक लाख, कोषाध्यक्ष चक्रबहादुर थापाले रु एक लाख, सहकोषाध्यक्ष ओमनारायण जुग्जालीले रु एक लाख, महिला सदस्य टीकादेवी गुरुङले रु एक लाख र मोना आइइसीका युरोप उपाध्यक्ष राजेन्द्र कार्कीले रु एक लाख सहयोग गरेको मोना आइइसीका कोषाध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।

0 comments

Write Down Your Responses